कान्तिपुर टेलिभिजन बहाना खोज्दै

काठमाडौँ । कोरोनाका भाइरस (कोभिड–१९) का कारण समग्र क्षेत्र प्रभावित भैरहेको समयमा यसको असर संचार क्षेत्रमा पनि पर्नु स्वाभाविक नै हो तर केही संचार संस्थाहरु यसलाई बहाना बनाई आफू अनुकूल वातावरण बनाउन लागिपरेका छन् ।

यसको प्रत्यक्ष प्रभावमा परेका छन्, कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकारहरु जो लामो समयदेखि उक्त संस्थामा आवद्ध छन् र कोरोना संक्रमणको अवस्थामा पनि आफ्नो ज्यान खतरामा राखेर संस्थाको हितमा खटिएका थिए । टेलिभिजन व्यवस्थापनले ३ जना कर्मचारीलाई भोलिदेखि हाजीर नहुन भनेपछि कर्मचारी आक्रोसित भएका छन् । साथै कर्मचारी युनियनले उक्त कर्मचारीलाई निष्काशन गर्नुपर्ने कारण जान्नका लागि स्टेसन प्रमुखसँग सम्पर्क गर्दा उनीहरुलगाएत थप ४० जना निष्काशनको लिष्टमा रहेको जानकारी पाएपछि विज्ञप्ति प्रकाशित गर्दै व्यवस्थापनको निणर्यप्रति आपत्ति जनाएको छ ।

युनियनले २४ घण्टे अल्टिमेटम दिंदै निर्णय फिर्ता नलिए आन्दोलमा जाने चेतावनीसमेत दिएको छ । टेलिभिजनले २९ औं वार्षिक उत्सवको उपलक्ष्यमा टेलिभिजन नाफामा गएको भन्दै सम्पूर्ण कर्मचारी तथा पत्रकारहरुलाई १ महिना बराबरको तलव वोनसस्वरुप प्रदान गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *