कास्की । पछिल्ला सातामा कोरोना भाइरसका औसत १० जनामा संक्रमण देखिन थालेपछि सोमबार मध्यरातदेखि पोखरामा एक साताका लागि निषेधाज्ञा जारी गरिएको छ । आइतबार मात्र यहाँ २२ संक्रमित थपिएका थिए ।
पोखरा महानगरपालिकाको कोरोना संक्रमण रोकथाम मूल समितिको सोमबार बिहान बसेको सर्वदलीय बैठकपछि एक साता निषेधाज्ञा जारी गर्ने निर्णय भएको महानगरका प्रवक्ता धनबहादुर नेपालीले जानकारी दिए ।
आज मध्यरातबाट सुरु हुने निषेधाज्ञा भदौ ८ गते बेलुकासम्म कायम रहनेछ बताइएको छ ।
निषेधाज्ञाको अवधिमा खाद्यान्न र औषधि पसलबाहेक अरु सबै पसल बन्द रहनेछन् । त्यसबाहेक घरबाहिर निस्कन पाइने छैन । स्वास्थ्यकर्मी, सञ्चारकर्मी, सुरक्षाकर्मी र अत्यावश्यक सामग्री ढुवानी गर्नेबाहेक प्रशासनबाट पास नलिएका गाडी गुड्न पाउने छैनन् ।