USAID

कोरोना संक्रमणबाट जोगिन वाग्मतीका प्रहरीलाई ‘फेस सिल्ड’


काठमाडौँ । बागमती प्रदेश प्रहरी कार्यालयले मातहतमा रहेका सबै प्रहरी कर्मचारीले कोरोना संक्रमणको जोखिम कम गर्न आज सोमबारबाट फेस सिल्ड लगाएर मात्र डियुटी गर्ने व्यवस्था मिलाएको जनाएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौडाले फिल्डमा नियमित खटिने मातहतका प्रहरी कर्मचारीलाई फेस सिल्ड वितरण गरेको प्रहरी बरिष्ठ उपरीक्षक सुदिप गिरीले जानकारी दिए ।

डियुटीमा खटिने हरेक प्रहरी कर्मचारीले अब प्रहरीको लोगो र बागमती प्रदेश प्रहरी लेखिएको फेस सिल्ड लगाउने वागमती प्रदेश प्रहरी कार्यालयले जनाएको छ । डियुटीमा खटिने प्रहरी हर्मचारीको सम्पर्क धेरै व्यक्तिहरुसँग हुने भएकोले उनीहरुलाई संक्रमणबाट जोगाउन र प्रहरी कर्मचारीबाट अन्य व्यक्तिमा संक्रमण फैलन नदिन प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक बसन्त लामाको निर्देशनमा फेस सिल्ड उपलब्ध गराई डियुटीमा रहदाँ मास्क, फेस सिल्ड अनिवार्य गरिएको प्रहरी बरिष्ठ उपरीक्षक गिरीले बताए ।

बागमति प्रदेश प्रहरी कार्यालय हेटौँडाले कोरोना संक्रमणको जोखिम कम गर्न मातहत कार्यालयहरुलाई पक्राउ परेका व्यक्तिहरु र संक्रमण जोखिममा कार्यरत सबै प्रहरी कर्मचारीको पिसिआर परीक्षणसमेत अनिर्वाय गर्न निर्देशन दिएको छ । त्यसैगरी हरेक प्रहरी कार्यालयमा प्रहरी क्वारेन्टीन बनाउने र बाहिर गएका प्रहरीलाई फर्केपछि पहिले क्वारेन्टीनमा राख्ने व्यवस्था गर्न समेत मातहत कार्यालयलाई निर्देशन गरेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *