बीरगन्ज । कोरोना संक्रमणको इपीसेन्टर बन्दै गएको पर्साको बीरगन्जमा २० जना, बाराका ३ जना, नारायणी अस्पतालका कर्मचारी ४ जना र र्साको पोखरिया नगरपालिकाका १२ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ ।
यस्तै पर्सागढी नगरपालिकाका २ जना, विन्दवासिनी, देवरवाना, विरुवागुठी, बहुदरमाई, र भारतको रक्सौल पन्टोकाका १÷१ जनामा पनि कोरोना संक्रमण देखिएको नारायाणी कोभिड अस्पतालले जानकारी दिएको छ ।
त्यस्तै चितवनमा पनि चिकित्सक, नर्स सहित ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।