लिदी पहिरोमा मृत्यु हुनेको संख्या १८, अन्तिम संस्कार गरियो

काठमाडौँ । सिन्धुपाल्चोकको जुगलमा शुक्रबार बिहान गएको पहिरोमा परी मृत्यु हुनेको संख्या १८ पुगेको छ । प्रहरीका अनुसार शनिबार थप ७ जनाको शव फेला परेपछि त्यहाँ ज्यान गुमाउनेको संख्या १८ पुगेको हो ।

यसअघि शनिबार सो ठाउँमा ११ जनाको शव पहिलोबाट निकालिएको थियो । पहिरोमा परी २१ जना अझै बेपत्ता रहेको प्रहरीले जनाएको छ ।प्रहरीले दिएको जानकारी अनुसार शनिबार १६ वर्षीय माइला पराङ दोङ, ३७ वर्षकी मेकमाई दोङ, ११ वर्षकी च्यामा दोङ, ७ वर्षकी विमला दोङ, ७ महिनाका कबिर दोङ, ११ वर्षीया लक्ष्मी दोङ र ३० वर्षीय मानबहादुर दोङ छन् ।

सो पहिरोमा घाइते भई उपचाररत् ५ जनामध्ये एकजना अस्पतालबाट डिस्चार्ज भएको छ । १८ वटै शव शनिबार साँझ मृतकका सम्बन्धित परिवारले बुझी अन्तिम संस्कार गरिसकेको प्रहरीले जनाएको छ ।पहिरोले ३७ घरमा पूर्णरूपमा क्षति पुगेको बताइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *