USAID

लुम्विनीमा एक कोरोना संक्रमितको मृत्यु


बुटवल । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचाररत कपिलवस्तुका एक कोरोना संक्रमितको मृत्यु भएको छ । २९ गते ज्वरो खोकी लागेर उपचारको लागि लुम्बिनीस्थित प्रदेशिक अस्पतालमा भर्ना भएका मायादेवी गाउँपालिका ७ का ४० वर्षीय पुरुषको आज मृत्यु भएको थियो । याेसँगै नेपालमा काेराेनाबाट मृत्यु हुनेकाे संख्या १ सय २ पुगेकाे छ ।

यसअघि कोरोना भाइरसको हटस्पट बनेको पर्सामा अर्का एकजनाको मृत्यु भएको छ । वीरगन्जको मुर्ली बस्ने ६० वर्षीय पुरुषको शुक्रबार साँझ मृत्यु भएको गण्डक कोभिड अस्प्तालले जनाएको हाे ।

उच्चरक्तचाप, मधुमेह तथा प्यारालायसिसबाट पीडित मृतकलाई कोरोना संक्रमण पुष्टि भएसँगै साउन २४ गते अस्पताल भर्ना गरिएको थियो । तर शुक्रबार साँझ स्वास्थ्यमा अचानक समस्या उत्पन्न भै ७ बजेतिर उनको मृत्यु भएको कोभिड अस्पतालका संयोजक डा. उदयनारायण सिंहले बताए ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *