पहिरोमा परेर बागलुङमा दुई बालकको मृत्यु

बागलुङ । लगातारको बर्षापछि गएको पहिरोमा परेर यहांको निसीखोला गाउँपालिका—५का दुई बालकको मृत्यु भएको छ । निसीखोला –५ को कारी गाउँमा गएको पहिरोमा परेर दुई बालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दिएको छ ।

घरमाथिबाट झरेको पहिरोले पुरिंदा स्थानीय हिराबहादुर विकका छोरा र एक नातीको मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । पहिरोका कारण विकका १३ वर्षका छोरा विदेन्द्र विक र ६ वर्षका नाती प्रवेश विकको मृत्यु भएकाे हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *