निजी अस्पताललाई २० प्रतिशत शैया कोरोना संक्रमितलाई छुट्याउन निर्देशन

काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोभिड–१९ को सङ्क्रमण बढिरहेकाले निजी अस्पताललाई पनि २० प्रतिशत श्यया कोभिड–१९ को व्यवस्थापनका लागि राख्न अनुरोध गरेको छ ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकासहित देशभरि नै सङ्क्रमण बढिरहेकाले कोभिड–१९ का बिरामी राख्न निजी अस्पताललाई २० प्रतिशत श्ययाको व्यवस्थापन गर्न आग्रह गरिएको बताउनुभयो ।

अहिले काठमाडौँका शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, वीर अस्पताल, त्रिवि शिक्षण अस्पताल, बलम्बुस्थित सशस्त्र प्रहरी अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, सिभिल अस्पताल, भक्तपुर अस्पताल र कीर्तिपुरस्थित आयुर्वेदिक अस्पताललाई कोभिड–१९ हब अस्पतालका रुपमा रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *