मोदीसँगै अयोध्यामा भूमि पूजा गरेका महन्थलाई कोरोना, मोदी कति सुरक्षित?

दिल्ली । गत विहिबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँगै अयोध्यास्थित राममन्दिरको भूमि पूजामा सहभागी ८२ वर्षीय महन्थलाई कोरोना संक्रमण पुष्टि भएको छ ।

अयोध्यास्थित तीर्थ क्षेत्र ट्रस्टका अध्यक्ष समेत रहेका महन्थ नृत्य गोपाल दासलाई कोरोना पोजेटिभ भएको हो । बिहीबार बिहान उनको स्वास्थ्य समस्या देखिएपछि स्वाब लिएर गरिएको परीक्षणमा उनीमा संक्रमण देखिएको हो । महन्त गत मंगलवारदेखि मथुराको सीताराम मन्दिरमा बसेका थिए । उनलाई श्वास लिन केही समस्या भएता पनि अवस्था चिन्ताजनक नभएको बताएइको छ । औषधिको सेवन पछि ज्वरो कम भएको जनाइएको छ । हाल उनलाई अक्सिजन दिएर राखिएको पनि एजेन्सीले जनाएको छ ।

उक्त भूमि पुजामा संलग्न भएका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको बारेमा भने कुनै जानकारी गराइएको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *