वीरगञ्ज । पर्सा र बारामा बिहीबार ३५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये ११ जना महिला रहेका छन् ।
नारायणी अस्पतालको पीसीआर प्रयोगशाालमा गरिएको परीक्षणका क्रममा उनीहरुमा कोरोना संक्रमण पुष्टि भएको अस्पतालल जनाएको छ । पर्सामा कोरोना संक्रमितको संख्या १ हजार १ सय ४५ पुगेको छ ।
