पार्टी बिभाजन बिरुद्ध उत्रिए नेकपाका सांसद

काठमाडौ। बिभाजनको संघारमा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी नेकपाका सांसदहरुले पार्टी एकता जोगाउन नेतृत्वलाई दबाब दिने उदेश्यले हस्ताक्षर संकलन अभियानलाई तीव्रता दिएका छन । आज पत्रकार सम्मेलन गर्दै उक्त हस्ताक्षर सार्वजनिक गर्ने र पार्टी नेतृत्वलाई बुझाउने तयारी सांसदहरुले गरेका छन ।

पार्टीमा विभाजनको खतरा बढेपछि दुईवटै गुटका सांसदहरुले एकताका पक्षमा हस्ताक्षर संकलनलाई तीव्रता दिएका थिए । ७० जना सांसदहरुले पार्टी एकताका पक्षमा गरेको हस्ताक्षर दिउँसो दुई बजे पत्रकार सम्मेलन गरेर सार्वजनिक गर्ने र त्यसपछि दललाई बुझाउने कार्यक्रम रहेको सांसद रामकुमारी झांक्रीले जानकारी दिइन् ।

प्रतिनिधिसभामा नेकपाका १ सय ७४ सांसद छन् । यस्तै राष्ट्रियसभामा नेकपाका ५० सांसद रहेका छन् । पार्टी विभाजनको अवस्थामा पुग्न थालेपछि एक महिनाअघि देखि नै सांसदहरुबीच हस्ताक्षर संकलन अभियान सुरु गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *