भारतीय विदेशमन्त्रीको बिवादास्पद भनाइ, गौतम बुद्ध भारतीय नागरिक भएको दावी

काठमाडौं । भारतीय विदेश मन्त्री एस जयशंकरले भगवान गौतम बुद्ध भारतीय नागरिक भएको दावी गरेका छन् । नेपालमा जन्मिएका गौतम बुद्धलाई भारतीय आफ्नो नागरिक भएको दावी गरेपछि यसले उग्र रुप लिने संभावना बढेको छ ।

भारतीय बिदेश मन्त्री जयशंकरले शनिबार भारतीय उद्योगी तथा व्यवसायीहरुको संगठन कन्फडरेशन अफ इन्डियन इन्डस्ट्रिले आयोजना गरेको भर्च्युअल सम्मेलनलाई सम्बोधन गर्ने क्रममा गौतम बुद्धलाई ‘महान भारतीय नागरिक’ भएकाे बताएका हुन ।

उनले सम्बोधनका क्रममा भने, ‘हामीले भारतीय इतिहासमा सबैभन्दा महान नागरिकका स्मरण गर्ने दुईजना छन् । एक गौतम बुद्ध र अर्को महात्मा गान्धी । उहाँहरुलाई हामीले मात्रै होइन पूरा विश्वले महान भारतीयका रुपमा चिन्छन ।’

भारतको सत्तामा रहेका व्यक्तिले बुद्धलाई भारतीय भनेको यो पहिलो पटक होइन । बारम्बार यस्ता दाबी आउने गरेका छन् र नेपालले त्यसको विरोध गर्ने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *