प्रधानमन्त्री ओलीको कोरोना रिपोर्ट नेगेटिभ

कठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । शक्रबार बिहान स्वाब लिएर परीक्षण गर्दा प्रधानमन्त्रीको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।

प्रधानमन्त्रीसहित नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, कानूनमन्त्री डा. शिवमाया तुम्बाहाम्फे, प्रधानमन्त्रीका प्रमुख राजनैतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई, प्रेस सल्लाहकार सूर्य थापा, प्रमुख स्वकीय सचिव इन्द्र भण्डारी गरी ७ जनाको स्वाब परिक्षण गराइएको र सबैको रिपोर्ट नेगेटिभ आएको थापाले जनएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *