विश्वमा कोरोना मृत्यु हुने व्यक्तिको संख्या सात लाख १८ हजार नाघ्यो

जेनेभा । विश्वमा कोरोना भाइरस सङ्क्रमणको कारण सात लाख १८ हजार ७७ व्यक्तिको मृत्यु भएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले शुक्रबार जानकारी दिएको छ ।

सो संगठनकाअनुसार शुक्रबारसम्म विश्वभरीमा एक करोड ९२ लाख ७९ हजार ७७ जना व्यक्ति कोरोना सङ्क्रमित भएका छन् ।

सङ्क्रमितमध्ये हालसम्म एक करोड २३ लाख ७५ हजार ३ सय ७३ व्यक्ति कोरोना मुक्त भएका छन् । विश्वभरमा ६१ लाख ८५ हजार ६ सय ८० व्यक्ति कोरोना भाइरस सङ्क्रमित रहेका उनीहरुको उपचार भइरहेको छ । सङ्क्रमितमध्ये ६५ हजार २६३ जनाको अवस्था गम्भीर रहेको जनाइएको छ ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस सङ्क्रमणको कारण अमेरिका सबैभन्दा बढी प्रभावित भएको छ ।

डब्लुएचओकाअनुसार संयुक्त राज्य अमेरिकामा मात्र ५० लाख ३२ हजार ५ सय ४७ जनामा कोरोना भाइरसका सङ्क्रमित रहेका छन् । यस प्रकोपका कारण अमेरिकामा एक लाख ६२ हजार ८ सय ५ व्यक्तिको मृत्यु भइसकेको बताइएको छ ।

दक्षिण अमेरिकामा ४५ लाख ४४ हजार २ सय ५४ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ एक लाख ५४ हजार ८ सय ९२ जनाको मृत्यु भएको छ ।

उत्तर अमेरिकामा ५९ लाख २० हजार ३ सय ५३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् । यहाँ दुई लाख २९ हजार ८ सय ८७ जनाको मृत्यु भएको छ ।

युरोपमा २९ लाख ९० हजार २ सय ३३ जना कोरोना भाइरस सङ्क्रमित रहेका छन् भने दुई लाख ५ हजार ३ सय ९० को मृत्यु भएको छ ।

एसिया ४७ लाख ८६ हजार ९ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने एक लाख ५ हजार ३ सय ४८ जनाको मृत्यु भएको छ ।

अफ्रिकामा दश लाख ११ हजार ८ सय ७६ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २२ हजार १ सय १४ जनाको मृत्यु भएको छ ।

ओसियानामा २२ हजार १ सय १५ जनामा कोरोना भाइरस सङ्क्रमण रहेको छ भने २ सय ९२ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *