USAID

मौसममा गडबढी आउनेक्रम जारी, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह


काठमाडौं । आज देशभरको मौसमामा सामान्य बदली रही मेघ गर्जन सहित पानी पर्ने संभावना रहेको छ । अहिले मनसुनी न्युन चापीय रेखा नेपालबाट दक्षिणतर्फ सर्दै गएको छ । जसका कारण प्रदेश १, प्रदेश २, गण्डकी प्रदेश, प्रदेश ५ र सुदुरपश्चिम प्रदेशका एक, दुई स्थानमा हल्का बर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज विहान ६ बजे मापन गरिएको रेकर्ड अनुसार पछिल्लो ३ घण्टामा धनकुटा, उदयपुर, भोजपुर, खोटाङ, ओखलढुङगा, सिन्धुली र आसपासका क्षेत्रमा मध्ययम खालको बर्षा भएको छ । ती जिल्ला र आसपासका क्षेत्रबाट बहने साना नदीमा आकस्मिक बहाव हुन सक्ने सम्भावना रहेको छ भने तटीय क्षेत्रमा सतर्कता अपनाउन विभागले आग्रह गरेको छ ।

आज दिउँसो देशभर सामान्य बदली रही केही स्थानहरुमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *