३ सय ६० कोरोना संक्रमित थपिए, २ सय ३३ डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ६० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ६० जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् ।

योसँगै नेपालका कोरोना संक्रमितको कुल संख्या २१ हजार ७ सय ५० पुगेको छ भने सक्रिय संक्रमितको संख्या थप ६ हजार २ सय ९६ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप २ सय ३३ जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या १५ हजार ३ सय ८९ पुगेको छ । नेपालमा काेरानामुक्त हुनेकाे दर ७० दशमलब ५४ प्रतिशत रहेकाे छ ।

अहिलेसम्म खेटाङ, धनकुटा, रूकुम पश्चिम, संखुवासभा, मनाङ र मुस्ताङ गरी ६ जिल्ला काेराेनामुक्त भएका छन् । हालसम्म ६५ जनाले काेराेनाबाट नेपालमा ज्यान गुमाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *