काठमाडौँ । काठमाडौं उपत्यकामा हिजो बुधबार एकै दिन १०२ जनामा कोरोना संक्रमण पुष्टि भएको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले जनाएको छ । बुधबार सवा ४ बजेको प्रत्यक्ष प्रसारणमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले काठमाडौँ उपत्यकामा ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको सार्वजनिक गरेका थिए । तर बेलुका ७ बजेको रिपोर्टमा थप ४० जना संक्रमित थपिएका थिए ।
नयाँ थपिएका संक्रमितहरु अधिकांश प्रदेश नम्बर २ बाट उपत्यका प्रवेश गरेका तथा भारतबाट आएका व्यक्ति छन् । कन्ट्याक्ट ट्रेसिङमा परेका संक्रमितहरुमध्ये अधिकांश काठमाडौं उपत्यकाभित्रै बसोबास गर्नेहरु रहेका छन् ।