USAID

सरकारले केही गरेन भन्नु गलत हो : मुख्यमन्त्री पोखरेल

  • 204
    Shares

दाङ । प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले सरकारले केही गरेन भनेर गलत प्रचार गरिएको बताएका छन । दाङ लमहीस्थित नर्ती खानेपानी आयोजना उपभोक्तालाई हस्तान्तरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सरकारले हरेक क्षेत्रमा उल्लेख्य प्रगति गरेको भन्दै जनस्तरबाट पनि सरकारका कामको स्वागत हुनुपर्ने बताए ।


प्रदेश नं ५ का भौतिक पूर्वाधार विकासमन्त्री वैजनाथ चौधरीले खानेपानीका लागि संरचना बनाएर मात्रै नपुग्ने भन्दै पानीको स्रोत संरक्षणमा ध्यान दिन उपभोक्तालाई आग्रह गरे । दाङ पानीको स्रोत कम भएको जिल्लाका रुपमा रहेको भन्दै उनले जलासय निर्माण गरेर पानीको स्रोत संरक्षण गर्नुपर्नेमा जोड दिएका छन । खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय दाङको ७० प्रतिशत र उपभोक्ताको ३० प्रतिशत लागतमा उक्त खानेपानी आयोजना निर्माण भएको हो ।


  • 204
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *