नेपालमा आज एकैदिन चार कोरोना संक्रमितको मृत्यु

काठमार्डौँ । नेपालमा कोरोना संक्रमणबाट आज एकै दिन चार जनाको मृत्यु भएको छ । नेपालमा एकै दिन कोरोनाबाट मृत्यु हुनेकाे यो अहिलेसम्मको सबैभन्दा धेरै संख्या हो । मृत्यु हुनेमा पर्साका १, मोरङका २ र सर्लाही घर भई काठमाडौँमा उपचाररत एक महिला रहेका छन् ।

नारायणी अस्पताल, वीरगञ्जका प्रमुख मेडिकल सुपरीटेन्डेन्ड डा मदनकुमार उपाध्यायले पर्सामा कोरोनाका कारण आज एक जनाको मृत्यु भएको बताए । उनकाअनुसार सोमबार मृत्यु भएका अर्का एक जनामा पनि आजै कोरोनाकाे पुष्टि भएको हो । मृत्यु हुने वीरगन्ज महागरपालिका १५ का ४६ वर्षीय पुरुष रहेको र उनी मधुमेहका रोगी रहेको थियाे । उनमा पछिल्लो समय ज्वरो र खोकी देखिएको थियाे । उनको १८ गते स्वाब संकलन गरिएको र भोलिपल्ट कोरोना पुष्टि भएको बताइएको छ । स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई मंगलबार वीरगन्ज अस्थायी कोभिड अस्पतालमा भर्ना गरिएको थियो । उनको आइसोलेसनमा उपचारकै क्रममा बुधबार बिहान ६ बजे मृत्यु थियो ।

त्यस्तै सोमबार मृत्यु भएकी पर्साको पोखरिया नगरपालिका ८ घर भएकी १८ वर्षीया युवतीको पनि मृत्युपछि तेस्रो दिनमा मात्र कोरोना पुष्टि भएको उनले बताए ।

त्यस्तै कोरोनाकै कारण बुधबारै मोराङमा दुई जनको मृत्यु भएको छ । मृत्यु हुनेमा विराटनगर महानगरपालिका– ९ का ४५ वर्षीय पुरुष रंगेली नगरपालिका– ८ का ४५ वषीय पुरुष रहेका छन् । जिल्ला प्रहरी कार्यालय मोराङका प्रवक्ता डीएसपी मानबहादुर राईले कोरोनाका कारण मोरङमा दुई जनाको मृत्यु भएको पुष्टि गरेका हुन् ।

उनका अनुसार वीराटनगरका पुरुषको कोशी अस्पतालको आइसोलेसन केन्द्रमा उपचारका क्रममा दिउँसो १ बजे मृत्यु भएको हो भने रंगेली नगरपालिकाका अर्का पुरुषको उपचारका लागि ल्याउने क्रममा बिहान १० बाटा मै मृत्यु भएको हो । संक्रमित विराटनगरका पुरुष कलोजोको समस्याबाट पीडित रहेको र रंगेलीका पुरुषमा ज्वरो, स्वासप्रश्वासको समस्या देखिएको अस्पतालले जनाएको छ ।

त्यस्तै बुधबारै कोरोनाका कारण बुधबार बलम्बुस्थित सशस्त्र प्रहरी (एपीएफ) को अस्पतालमा उपचाररत सर्लाहीको मलंगवाकी ६५ वर्षीया महिलाको ज्यान गएको हो । उनको उपचारका क्रममा बुधबार दिउँसो ज्यान गएको एपीएफ अस्पतालले जनाएको छ ।

निमोनियाको बिरामी भएपछि उनी १६ गते काठमाडौंको मनमोहन अस्पताल स्वयम्भूमा भर्ना भएकी उनको १९ गते कोरोना परीक्षणको रिपोर्ट पोजेटिभ आएपछि एपीएफ अस्पतालमा सारिएको थियो। मनमोहन अस्पतालमै उनलाई आईसीयूमा राखिएको थियो । बलम्बु अस्पतालमा समेत आईसीयूमा राखेर उपचार भइरहेका बेला उनको ज्यान गएको अस्पतालले जनाएको छ।

योसँगै कोरोनाका कारण आज बुधबारमात्रै चार जनाको मृत्यु भएको छ भने थप एकको मृतयुपछि कोरोना पुष्टि भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *