USAID

३८१ कोरोना संक्रमित थपिए, १३० डिस्चार्ज

  • 138
    Shares

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ८१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ८१ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । आज थपिएकासहित हालसम्म कुल संक्रमितको संख्या २१ हजार ३ सय ९० पुगेको छ ।

देशभर ६ हजार १ सय ७४ जना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा थप १ सय ३० जना कोरोना संक्रमित निको भएर घर फर्केका छन् । याे सँगै नेपालमा काेराेना जितेर घर फर्किनेकाे संख्या १५ हजार १ सय ५६ पुगेकाे छ । नेपालमा काेरानामुक्त हुनेकाे दर ७० दशमलब ८ प्रतिशत रहेकाे छ ।

अहिलेसम्म खेटाङ, धनकुटा, रूकुम पश्चिम, भाेजपुर, संखुवासभा, मनाङ र मुस्ताङ गरी सात जिल्ला काेराेनामुक्त भएका छन् । हालसम्म ६० जनाले काेराेनाबाट नेपालमा ज्यान गुमाएका छन् ।


  • 138
    Shares
CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *