काठमाडौ । आजबाट देशभरको मौसम आंशिकदेखि सामान्य बदली हुदै जाने जल तथा मौसम बिभागले जनाएको छ । अहिले देशभर मनसुनी वायुको प्रभाव रहेकाले मौसम बदली तथा वर्षा भइरहेको छ ।
हाल देशभर सामान्य बदली रही बागमती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशका केही स्थानमा वर्षा भइरहेको छ । आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा हुने बताइएको छ ।
साथै प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ ।
