USAID

कोरोनाका ३१५ संक्रमित थपिए, ९३ जना डिस्चार्ज


काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय १५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ६ हजार ९ सय ९३ जनामा परीक्षणमा गर्दा ३ सय १५ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । यो सँगै नेपालमा कोरोनाका सक्रीय संक्रमितको संख्या ५ हजार ३ सय ३८ रहेको मन्त्रालयले जनाएको छ ।


यस्तै २४ घण्टामा ९३ जना संक्रमित निको भएर घर फर्किएका छन यो सँगै निको हुनेको संख्या १४ हजार ४ सय ९२ पुगेको छ ।

नेपालमा प्रती १० लाख जनसंख्यामा १३ हजार १ सय ६ का दर ले परिक्षण भएको मन्त्रालयका प्रवक्ता डा जगेश्वर गौतमले जानकारी दिएका छन ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *