वीरगञ्ज । पर्साबाट निर्वाचित प्रतिनिधिसभा सदस्य प्रदीप यादवसहित पर्सामा थप ६४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
नारायणी अस्पतालमा गरिएको परीक्षणमा शुक्रबार राति ६४ जनामा कोरोना संक्रमण देखिएको नारायणी अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट मदन उपाध्यायले जानकारी दिए ।
संक्रमित देखिएका मध्ये पर्सा क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद प्रदीप यादव समेत रहेका छन् ।
यादवले आफू पनि कोरोना पोजेटिभ भएको आफ्नो फेसबुकमार्फत जानकारी दिएका छन् ।