प्रहरीकै घरमा भेटियो एक किलो सुन

काठमाडौँ । प्रहरी जवान प्रशन्न श्रेष्ठको डेरामा एक किलो सुन फेला परेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँले नारायणस्थानस्थित उनकाे डेरामा फेला परेको सुन बारमद गरेको हो । जवान प्रशन्नलाई दरबारमार्ग वृतको हिरासतमा राखेर आन्तरिक अनुसन्धान शुरु गरिएको छ ।

जवान श्रेष्ठ साढे १४ केजी चाँदी र आधा किलो सुनकाे विवादास्पद अप्रेशनमा मुछिएका छन् । सुनजस्तो देखिने उक्त धातु परीक्षण गर्न पठाइएको महानगरीय प्रहरी कार्यालयका एक अधिकृतले बताएका छन् । सो अप्रेशनको कमाण्ड दरबारमार्गका डीएसपी रन्जन दाहालले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *