USAID

प्रहरी मुख्यालयका ७२ प्रहरीलाई कोरोना, २ को अवस्थामा गम्भीर


काठमाडौं । प्रहरी मख्यालय, नक्सालमा कोरोनाभाइरस संक्रमित हुनेको संख्या ७२ पुगेको छ । शुक्रबार बिहान थप २८ जनामा संक्रमण पुष्टि भएसँगै प्रहरी प्रधान कार्यालयमा संक्रमितको संख्या ७२ पुगेको हो ।

प्रहरी मुख्यालयमा बुधबारबाट कोरोनाका संक्रमितहरु भेटिन थालेका हुन् । प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार आज बिहानसम्म संक्रमितको संख्या ७२ पुगेको जानकारी दिएका छन् । बिरामी सबै प्रहरीलाई बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा भर्ना गरिएको छ ।

बलम्वु अस्पताल स्रोतले दिएको जानकारीअनुसार संक्रमितमध्ये दुईको अवस्था गम्भिर रहेको छ । उनीहरुमा श्वासप्रश्वासको समस्या देखिएको छ । पहिले संक्रमित भएकाहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् स्वाब संकलन गर्दा थपमा संक्रमण देखिएको हो । संक्रमितहरूमध्ये अधिकांश सवारी चालक, मेकानिक र मेसमा कार्यरत प्रहरी रहेका छन् ।

प्रहरीलाई कहाँबाट कोरोना सर्यो भन्ने कुरा अहिलेसम्म एकिन हुन सकेको छैन । ‘उनीहरूमा कसरी सर्‍यो भन्ने खुलेको छैन । फिल्डमा खटिरहनु पर्ने हुन्छ’, एसएसपी कडायतले भने । अब यस्तै बाहिर जादाँ कतैबाट सरेको होला तर कहाँबाट भन्न सकिने अवस्था छैन ।’ संक्रमित प्रहरीहरूको कन्ट्याक्ट ट्रेसिङमार्फत् २० जनाभन्दा बढीलाई क्वारेन्टिनमा राखिएको प्रहरीले जनाएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *