USAID

२२१ प्रहरीमा कोरोना संक्रमण, काठमाडौंमै ५३


काठमाडौं । काठमाडौंस्थित प्रहरी प्रधान कार्यालयसहित देशभर २ सय २१ प्रहरीमा कोरोना संक्रमण देखिएको छ । तीमध्ये काठमाडौँमा कार्यरत ५३ प्रहरी संक्रमण देखिएको हो ।

पछिल्लो परीक्षणमा १५ प्रहरीमा कोरोना पोजेटिभ पुष्टि भएसँगै देशभर संक्रमितको संख्या २ सय २१ पुगेको हो । संक्रमित प्रहरी मुख्यालय नक्सालका ४४, काठमाडौं उपत्यकाका ९, प्रदेश १ का २८, प्रदेश २ का ३९, गण्डकी प्रदेशका ४७, प्रदेश ५ का १५, कर्णाली प्रदेशका २७ र सुदूरपश्चिमका १२ जना छन् ।

संक्रमित सुरक्षाकर्मीमध्ये एक सयजना डिस्चार्ज भएका छन् । प्रहरीमा एसपी एकजना, इन्स्पेक्टर ६, सई ९, असई १३, हवल्दार ६०, प्रहरी जवान १ सय २८ र कार्यालय सहयोगी चारजना संक्रमित भएका हुन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *