जाजरकोट । जाजरकोट कुशे गाउँपालिका–१ स्याँक्रीमा विषालु च्याउ खाँदा एकैघरका ४ जनाको मृत्यु भएको छ । च्याउको तरकारी खाएर गम्भीर बिरामी परेका थप ३ जना बालबालिकाको उपचारका क्रममा सुर्खेतमा मृत्यु भएपछि मृतकको संख्या ४ पुगेको हो । गत सोमबार १ बालिकाको घरमै मृत्यु भएको थियो ।
साउन ९ गते जंगलबाट च्याउ टिपेर घरमा पकाएर खाएका घरमुली टेकबहादुर चलाउनेसहित ८ जना बिरामी परेका थिए । उनीहरुलाई थप उपचारका लागि कुशे गाउँपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाको हेलिकोप्टरमार्फत सुर्खेत पठाएको थियो ।
कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचारका क्रममा टेकबहादुर चलाउनेकी १६ वर्षीया छोरी औसारा चलाउने, १३ वर्षीया छोरी धनसरा चलाउने र ११ वर्षीया नातिनी निरुता चलाउनेको उपचारका क्रममा मृत्यु भएको प्रदेश अस्पतालका मेडिकल विभाग प्रमुख डा। केएन पौडेलले बताए ।