USAID

कालीकोटमा पहिरोले घर पुरिँदा दुई परिवारका ९ को मृत्यु


कालीकोट । अविरल वर्षाका कारण कालीकोटमा गएको पहिरोमा परी नौ जनाको मृत्यु भएको छ । नरहरिनाथ गाउँपालिकामा पहिरोले घर पुरिँदा दुई परिवारका नौ जनाको ज्यान गएको छ भने अन्य दुई घाइते भएका छन् ।

राति पहिरोले घर पुरिँदा वडा नम्बर ७ का सात जना र वडा नम्बर ४ का दुई जनाको ज्यान गएको हो । वडा नम्बर ७ का ६५ वर्षीय गंगे बुढाको घर पुरिँदा उनीसहित ६३ वर्षीया श्रीमती नैना, २३ वर्षीया बुहारी कुशा, १९ वर्षीया छोरी विमला, १० वर्षीया नातिनी चना, आठ वर्षीय नाति रामबहादुर र ६ वर्षका चरित्र बुढाको ज्यान गएको गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिए । यस्तै वडा नम्बर ४ का ६५ वर्षीय बाले बुढाको घर पुरिँदा बुढा र उनकी ६५ वर्षीया श्रीमती मनाको ज्यान गएको पनि उनले बताउनुभयो ।

गाउँपालिकाका अरु ठाउँमा पनि पहिरो खसेको र उद्धारको काम भइरहेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *