USAID

एकै गाउँका २८ बिरामी


रामपुर । रामपुरमा झाडापखालाका कारण एकै गाउँका २८ जना बिरामी परेका छन् । रामपुर नगरपालिका–७ स्थित मोहटीमा ओमबहादुर सुनारका बुबा मानबहादुरको १३ औँ दिनको शुद्धशान्तिमा पितृप्रसाद ग्रहण गरेका २८ जना बिरामी परेका हुन् ।

आइतबर दिउँसो पितृप्रसाद खाएपछि साँझपखदेखि वान्ता आउने, टाउको दुख्ने, ज्वरो आउने जस्ता समस्या देखा परेपछि गाउँका २८ जना अहिले रामपुर अस्पतालमा उपचाररत छन् । बिरामी परेका २८ मध्ये एक जना २८ वर्षका बिमला सुनारलाई पाल्पा रिफर गरिएको अस्पतालका सूचना अधिकारी रामप्रसाद कोइरालाले जानकारी दिए । सोमवार अस्पतालमा छ जना भर्ना भएका थिए भने २२ जना आज बिहान सवा १० बजे मात्रै उपचारका लागि आएको मेडिकल अधिकृत कुशल खनालले बताए ।

ज्वरो आउने, रिंगटा लाग्ने, टाउको दुख्ने जस्ता समस्या लिएर बिरामी उपचारका लागि आएको डाक्टर खनाल बताउँछन् । बिरामीमध्ये २० महिला, छ पुरुष तीन बालक छन् । शुद्धशान्तिमा खिर, तरकारी, अचार खाएपछि साँझपखबाट स्वास्थ्यमा समस्या आएको बिरामी तथा अस्पतालका प्रशासन सहायक हिरा विकले बताए । करिब १०० भन्दा बढी शुद्धशान्तिमा सहभागी थिए ।

गाउँमा अझै पनि केही बिरामी भने घरमै रहेका छन् । साथै रामपुर अस्पतालमा उपचार गराइरहेका बिरामीलाई प्रदेश नं ५ प्रदेशसभा सदस्य युवराज खनालले स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै स्वास्थ्य लाभको कामना गरेकाछन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *