USAID

काठमाडौं उपत्यकामा एकै दिन ५३ जनामा कोरोना संक्रमण पुष्टि


काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडाैँ उपत्यकामा मात्रै ५३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले मंगलबारको नियमित प्रेस ब्रिफिङमा काठमाडौंमा मात्रै एकै दिन ४८ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको बताए ।

यस्तै भक्तपुरमा १ र ललितपुरका ४ जनामा पनि संक्रमण देखिएको बताए ।

उनका अनुसार पछिल्लो २४ घण्टामा देशभर ३११ जनामा संक्रमण पुष्टि भएको छ भने १२१ जना निको भएका छन् । योसँगै देशभर कूल संक्रमितको संख्या १९ हजार ६३ पुगेको छ भने कूल निको हुनेको संख्या १३ हजार ८ सय ७५ पुगेको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *