३११ कोरोना संक्रमित थपिए, १२१ जना डिस्चार्ज

काठमाडौँ । नेपालमा पछिल्लो २४ घण्टामा थप ३ सय ११ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभरका प्रयोगशालामा गरिएको परीक्षणमा थप ३ सय ११ जनाको पीसीआर रिपोर्ट पोजिटिभ आएको जानकारी दिएका छन् । योसँगै नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ३९ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप १ सय २१ जनाकोरोना संक्रमित निको भएर घर फर्केका छन् । योसँगै नेपालमा कोरोनामुक्त हुनको संख्या १३ हजार ८ सय ७५ रहेको छ । नेपालमा कोरोना संक्रमणबाट निको हुनेको संख्या झण्डै तीन चौथाई पुगेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *