USAID

प्रहरी प्रधान कार्यलयमा थप २३ जनालाई कोरोना संक्रमण


काठमाडौं । नेपाल प्रहरीको प्रधान कार्यलयमा कार्यरत थप २३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता निरजबहादुर शाहीले २३ जनामा संक्रमण भएको पुष्टि गरेका छन् । यसरी संक्रमण बढेपछि प्रधान कार्यलयमा थप जोखिम बढेको बताईएको छ।

प्रधान कार्यलयमा कार्यरत चार जनामा आइतबार कोरोना संक्रमण पुष्टि भएको थियो । उनीहरुको सम्पर्कमा आएकाहरुको परीक्षणका क्रममा थप संक्रमित भेटिएका हुन् । संक्रमित हुनेहरुमा चालक, मेकानिक्स र मेसमा काम गर्नेलगायत रहेका छन् । संक्रमितहरुलाई अब सशस्त्र प्रहरीको बलम्बु अस्पतालमा पठाउने तयारी भइरहेको छ। थप व्यक्तिलाई समेत कोरोना आशंकामा पिसिआर परीक्षण गर्न पठाईएको प्रवक्ता शाहीले जानकारी दिएका छन् ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *