१५ किलो चरेससहित ६ जना पक्राउ

दाङ । १५ किलो अबैध लागू औषध चरेस सहित ६ जनालाई दाङ प्रहरीले पक्राउ गरेको छ ।

घोराही उपमहानगरपालिका १४ नयाँ बसपार्कस्थित रोल्पा नुवागाउँ होटलको कोठा नम्बर ६ बाट १५ किलो चरेससहित ६ जनालाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।

पक्राउ पर्नेहरुमा रोल्पा नगरपालिका १० का आकाश बिक, जितकुमार विक, थवाङ गाउँपालिका ५ का कमला घर्ती, परिवर्तन गाउँपालिका ४ का जुनु बुढा, सल्यान वनगाढ नगरपालिका १२ का डिलबहादुर बिक र नेपालगञ्ज उपमहानगरपालिका बाँकेका सन्तोष गुरुङ रहेका छन् ।

५ नम्बर प्रदेश प्रहरी व्युरोबाट खटिएका प्रहरी निरीक्षक प्रमोद कुमार क्षेत्रीको टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *