USAID

करेन्ट लागेर एक जनाको मृत्यु


तनहुँ । तनहुँको व्यास नगरपालिका–१२ पामर्दीमा करेन्ट लागेर आज साँझ एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने २६ वर्षीय राजेन्द्र कँडेल रहेको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ ।

खोलाबाट घरमा मोटर लगाएर पानी तान्ने क्रममा करेन्ट लागेर घाइते भएका कँडेलको अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको प्रहरीले जनाएको छ । मृतकको शव परीक्षणका लागि दमौली अस्पतालमा राखिएको छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *