एसईईको नतिजा एक साताभित्र सार्वजनिक हुने

काठमाडौं । विद्यालय स्तरीय (एसईई) परीक्षाको नतिजा एक साता भित्र सार्वजनिक गरिने भएको छ । परीक्षा नियन्त्रक राजाराम खकुरेलले देशभरका सबै विद्यालयबाट विवरण आईसकेका जानकारी दिदैँ अब एक साताभित्र नतिजा सार्वजनिक गर्ने जानकारी दिएका हुन् । विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय अनुसार यो साता भित्र नै नतिजा निकाल्ने तयारी भइरहेको उनले जानकारी दिए ।

यस वर्ष ४ लाख ८२ हजार २ सय १९ विद्यार्थी एसइई परीक्षामा सामेल हुने तयारी गरेका थिए । कोरोना भाइरसको महामारीका कारण परीक्षा सुरु हुने एक दिनअघि ५ चैतमा परीक्षा स्थगित गरिएको थियो । महामारीका कारण परीक्षा लिन सक्ने स्थिति नभएको भन्दै सरकारले विद्यालयको आन्तरिक मूल्यांकनका आधारमा नतिजा प्रकाशन गर्ने निर्णय गरेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *