USAID

व्यापारीमा कोरोना संक्रमण देखिएपछि काठमाडौँको महाबौद्ध सिल


काठमाडौं । एकै परिवारका पाँच सदस्यमा कोरोना भाइरस संक्रमण देखिएपछि काठमाडौँको होलसेल मार्केट भनेर चिनिने महाबौद्ध क्षेत्र सिल गरिएको छ । महाबौद्धका एक व्यवसायीको परिवारका पाँच सदस्यमा कोरोना भाइरस पोजिटिभ देखिएपछि आजबाट त्यो क्षेत्र सिल गरिएको हो ।

भारतको विहारबाट आएका एक परिवारका पाँचै जनाको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा परीक्षणको क्रममा कोरोना पुष्टि भएको हो । अस्पतालको विवरण अनुसार भारतबाट आएकी एक महिलामा बिहीबार कोरोना पुष्टि भएको थियो । कन्ट्रयाक्ट ट्रेसिङ गर्ने क्रममा शुक्रबार अन्य सदस्यको परीक्षण गर्दा सबैमा कोरोना देखिएको हो । परिवारका दम्पत्ति, छोरा–छोरी र नातिनीमा कोरोना देखिएको टेकु अस्पतालका एक चिकित्सकले जानकारी दिए ।

१५/२० दिनअगाडि मात्र छोरी र नातीनी बिहारबाट काठमाडौं आएका थिए । स्वास्थ्यमा समस्या देखिएपछि उनलाई टेकु अस्पताल लगिएको थियो ।

उनीहरु महाबौद्ध काठमाडौमा पसल व्यवसाय गर्नेहरु रहेको राष्ट्रिय इपिडिमोलोजी तथा रोग नियन्त्रण महाशाखा सर्भिलेन्स शाखाका जनस्वास्थ्य अधिकृत महेन्द्र ध्वज अधिकारीले बताए । संक्रमित परिवारको महावौद्ध गणेश मन्दिर नजिकै अन्डरगार्मेन्ड पसल छ ।


CivActsAd

Leave a Reply

Your email address will not be published. Required fields are marked *