काठमाडौं । नेपाल प्रहरीको मुख्यालयमा कार्यरत ४ जना प्रहरी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका १९ जना प्रहरी कर्मचारीलाई आइसोलेसनमा राखिएको छ ।
नेपाल प्रहरीका केन्द्रिय प्रवक्ता निरजबहादुर शाहीले ४ जनामा कोरोना संक्रमण भएको पुष्टि भएपछि उनीहरुको सम्पर्कमा रहेका अन्य १९ जना प्रहरीलाई पनि क्वारेन्टाइनमा राखिएको जानकारी दिए ।
‘
“कोरोना संक्रमणको पुष्टि भएपछि हामीले उच्च सर्तकता अपनाएका छौं,” शाहीले भने ।
प्रहरी प्रधान कार्यालय नक्सालको सवारी चालक शाखामा कार्यरत प्रहरीबाट संक्रमण फैलिएको हुनसक्ने भन्दै उनीसँगको सम्पर्कमा रहेका अन्य प्रहरीको पनि ‘कन्ट्राक्ट ट्रेसिङ भैरहेको उनले जानकारी दिए ।
हालसम्म कोरोना संक्रमण नियन्त्रणकालागि पहिलो पङ्तिमा खटिएका झन्डै ३ सय सुरक्षाकर्मीमा कोरोना संक्रमणको पुष्टि भएको छ ।