बुटवल । भारी वर्षापछि गएको पहिरोका कारण सिद्धार्थ राजमार्गको बुटवल–पाल्पा सडक खण्ड अवरुद्ध भएको छ ।
पाल्पाको तिनाउ गाउँपालिकामा पर्ने झुम्सा पुल नजिकै पानी मिल, दोभान नजिकै नाग मन्दिर र माथिल्लो सिद्धबाबा मन्दिर नजिक सडकमा पहिरो खस्दा सडक पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जानकारी दिएको छ ।
