काठमाडौ । पछिल्लो २४ घण्टामा कोरोनाका १ सय ३० संक्रमित थपिएका छन । योसँगै अहिलेसम्म नेपालमा कोरोना सङ्क्रमण पुष्टि हुनेको सङ्ख्या १८ हजार ६ सय ८३ पुगेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार गएको २४ घण्टामा ७५ जना कोरोना सङ्क्रमणबाट निको भएर घर फर्किएका छन् । योसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको सङ्ख्या १३ हजार एक सय २८ पुगेको छ ।
नेपालमा अहिलेसम्म तीन लाख ४२ हजार चार सय ५७ जनाको पीसीआर विधिबाट कोरोना परीक्षण गरिएको मन्त्रालयले जनाएको छ ।