एमसीसीका बारेमा अमेरिकाको गम्भीर चासो

काठमाडौँ । मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा नेपाल सरकारले गरिरहेको कामका बारेमा दाता राष्ट्र अमेरिकाले गम्भीर चासो देखाएको छ ।
आइतबार उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेललाई भेटेर नेपालका लागि अमेरिकी राजदूत र्‍याण्डी बेरीले अमेरिकी सहयोग परियोजना एमसीसीका विषयमा गम्भीररुपमा चासो राखेका हुन् ।

गएको जेठ १६ गते एमसीसी संसदबाट पारित गरिसक्नु पर्ने भए पनि सत्तारुढ दल नेकपाकै नेताहरु एमसीसी अनुमोदनको पक्ष र विपक्षमा विभाजित भएपछि पारित हुन सकेको छैन । तोकिएको समयमा पारित हुन नसकेपछि नेपालले गरेको आन्तरिक तयारीबारे राजदूत बेरीले उपप्रधानमन्त्रीलाई भेटेर यसबारे बुझेका हुन् । भेटमा राजदूत बेरीले विश्वका अन्य देशहरुबाट माग भइरहेको सन्दर्भमा नेपालले किन ढिला गरिरहेको छ भन्दै चासो राखेको रक्षा मन्त्रालयका सहसचिव सन्तबहादुर सुनारले बताए ।

रक्षा मन्त्री पोखरेलले सरकार अझै छलफलमा रहेकाले अनुमोदन गर्न ढिला भएको जानकारी दिए । एमसीसीका विषयमा सरकारले गम्भीर छलफल गरिरहेको पोखरेलले बेरीलाई बताएका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *