काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत चार जना कोरोना भाइरसबाट संक्रमित भएका छन् । प्रहरी प्रधान कार्यालय नक्सालस्थित सवारी शाखामा कार्यरत चार जना प्रहरीलाई संक्रमण देखिएको प्रहरीले जनाएको छ ।
प्रवक्ता डिआइजी निरजबहादुर शाहीका अनुसार प्रहरी अस्पतालमा गरिएको परीक्षणमा चार जनामा संक्रमण देखिएपछि पुनः पुष्टिका लागि स्वाव संकलन गरेर टेकु पठाइएको छ । त्यसबाहेक उनीहरुसँग सम्पर्कमा आएको हुनसक्ने अन्य प्रहरीको कन्ट्याक ट्रेसिङका आधारमा स्वाव संकलन गरेर परीक्षणका लागि पठाइएको पनि उनले जानकारी दिए ।
