पहिरो हटाउन पुगेका स्काभेटर, टिपर, ट्याक्टर नै पुरिए, दुई चालक बेपत्ता

बागलुङ । अविरल बर्षापछि आएको पहिरो हटाउन पुगेको स्काभेटर, टिपर र ट्याक्टर पहिरोमा पुरिदा दुई चालक पहिरोमा परेर बेपत्ता भएका छन । बागलुङ नगरपालिका–१ निरयघाट नजिक खसेको पहिराले स्काभेटर, टिपर र ट्र्याक्टर पुरेको हो ।

शनिबार राति खसेको पहिरोमा परी टिपर चालक निर्मल पुन र ट्रयाक्टर चालक रोशन नेपाली बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक दीपक रिजालले जानकारी दिए ।

स्काभेटर चालक भने सम्पर्कमा आएको उनको भनाइ छ । ढुङ्गा, माटोसहितको गेग्रेटो उठाउने क्रममा एक्कासी खसेको पहिराले ध १ च ४७ नंको ट्र्याक्टर र ग१ख ४६३७ नंको टिपर र स्काभेटर पुरिएको हो ।

स्काभेटरको नम्बर खुलेको छैन । पहिले पनि पहिरो खसेको रहेछ, त्यसैलाई पन्छाउने र सामग्री उठाउने क्रममा पहिरो खसेको खसेको प्रहरी निरीक्षक रिजालले जानकारी दिए ।

पहिरो गएको केहीबेरमै उद्धारका लागि नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोली परिचालित भएको थियो। निरन्तर पहिरो खसिरहेको र जोखिमयुक्त भूगोल भएकाले मध्यरातसम्म उद्धारको प्रयास गरिए पनि सम्भव हुनसकेको थिएन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *