काठमाडौँ । वीरगञ्जमा कोरोना संक्रमण समुदायस्तरमा फैलिएपछि आज शनिबार बिहानदेखि पर्साको वीरगञ्जमा अनिश्चितकालिन निषेधाज्ञा जारी गरिएको छ । बिहानै ५ बजेदेखि वीरगन्ज महानगरपालिका क्षेत्रभित्र स्थानीय प्रशासनले निषेधाज्ञा जारी गरिएको हो ।
‘ट्राभल हिस्ट्री’ नभएका मानिस पनि संक्रमित हुने र मर्ने क्रम बढेपछि जिल्ला प्रशासन कार्यालयलमा शुक्रबार बसेको सर्वपक्षीय बैठकले निषेधाज्ञा लगाउने निर्णय गरेको थियो ।
वीरगञ्जमा कोरोना संक्रमणबाट दुई दिनमै तीन जनाको मृत्यु भइसकेको छ भने ५७ जना संक्रमित उपचारको क्रममा छन् । शुक्रबार वीरगञ्जको कोभिड अस्पतालमा मृत्यु भएकी बाराकी १७ वर्षीया किशोरीमा पनि कोरोना पुष्टि भएको छ। त्यसैगरी दुई दिनअघि वीरगञ्जमै एक पुरुष र एक महिलाको पनि कोरोना संक्रमणबाट मृत्यु भएको थियो ।
वीरगञ्जस्थित नारायणी अस्पतालको प्रयोगशालामा बिहीबार राति पाँच थुनुवासहित ३२ जनामा कोरोना पोजेटिभ देखिएको थियो ।