अमेरिका । अमरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना जनतालाई मुखमा मास्क लगाउन आह्वान गरेका छन् । अमेरिकामा कोरोना महामारीको स्थिति अझै खराब बन्ने स्वीकार्दै उनले सबैलाई मास्क लगाउन आह्वान गरेका हुन्।
मास्क लगाउन विज्ञहरुको दिएको सुझावको सधैँ विपक्षमा उभिएका ट्रम्प स्वयम्ले कोरोनाको महामारी नियन्त्रणमा आउने लक्षण नदेखिएपछि मास्क लगाउन अपील गरेका हुन् ।
कोरोनासम्बन्धी दैनिक पत्रकार सम्मेलन फेरि शुरु गर्दै उनले मास्क लगाउँदा महामारीको जोखिम कम गर्न सकिने स्वीकार गरेका छन् । यद्यपि उनी पत्रकार सम्मेलनमा भने मास्कविना नै उपस्थित भएका थिए । यसअघि भने उनीले मास्क लगाउन आह्वान गर्नेहरुलाई मजाक उडाउथे।
अमेरिकामा कोरोनाको महामारी फेरि तीब्र गतिमा बढेपछि राष्ट्रपतिका सल्लाहकारहरुले उनलाई नयाँ रणनीति उपनाउन सल्लाह दिएका हुन् ।
गत अप्रिलमा उनले संक्रमण रोक्ने खोप दिएर महामारी नियन्त्रणमा लिन सकिने एक अभिव्यक्तिको आलोचना भएपछि नियमित पत्रकार सम्मेलन बन्द गर्नुभएको थियो । तर तीन महिनापछिको कोरोना पत्रकार सम्मेलनमा निकै संयमित रुपमा उनले त्यही कुराहरु गर्न आह्वान गरे, जुन यसअघि जनस्वास्थ्यविदहरुले लगातार भन्दै आएका थिए ।