- 8Shares
रसुवा । लगातार बर्षाका कारण देशभर भएका क्षतिको विवरण धमाधम आउन थालेका छन् । यसैक्रममा रसुवा जिल्लाको गोसाइँकुण्ड गा.वि.स –२, टिमुरेमा आज विहान करिब ०७.४५ बजेको समयमा सडकमाथीबाट ठूला–ठूला डुङ्गासहितको पहिरोमा परि सडक छेउमा रोकि राखेका २ वटा कन्टेनर पुरिएका छन् ।
पहिरोमा परी ना ६ ख ४५०८ नम्बरको ओखर लोड भएको कन्टेनर र ना २ ख ४६९८ नम्बरको खाली कन्टेनर पुर्ण क्षेति भएको जनाइएको छ । सवारी साधनमा क्षेती भएपनि मानवीय क्षेति भने नभएको स्थानीय बासिन्दाले जानकारी दिए ।
पहिरोको कारण दुवै तर्फको सडक पुर्ण अबरुद्ध रहेको छ ।





- 8Shares