रसुवागढीतर्फको बाटोमा दर्जनौँ पहिरो, चार दिनदेखि यातायात ठप्प (फाेटाे फिचरसहित)

  • 6
    Shares

काठमाडौँ । चीनसँगको व्यापारिक नाका रसुवागढी र काठमाडौँबीचको सडकमा दर्जनौँ पहिरो गएपछि चार दिनेदेखि बन्द भएको छ । पहिरो हटाउन गएको डोजरसमेत भीरबाट खसेपछि बाटो खुल्ने अनिश्चित भएको हो ।

राष्ट्रिय ब्यापार संघका कोषाध्यक्ष रामचन्द्र पराजुलीका अनुसार नौकुण्ड गाउँपालिकाको भार्खु, धुन्चे नजिकैको ठाडेसहित दर्जनौ ठाउँमा पहिरो गएको छ । उनले भने, पहिरो हटाउन गएको डोजरसमेत पल्टिएपछि त्यहाँ अरु जान सकेका छैनन् । अविरल वर्षा नरोकिएकाले पहिरो पन्छाउने काममा समेत अवरोध भएको छ ।

कोरोना भाइरसका कारण ६ महिनायता बन्द भएको नाका १२ दिनअगाडि खुलेको थियो । नाका खुले पनि चिनियाँ पक्षले दैनिक ४ वटा कन्टेनर मात्रै नेपाल आउन दिने गरेको छ । ती कन्टेनरका सामान काठमाडौँ ल्याउन पल्टी गर्दा ८ वटा नेपाली ट्रक भरिन्छन् ।

दैनिक आठ ट्रक समान चीनबाट सीमानाका हुँदै नेपाल भित्रिए पनि सामान बोकेका नेपाली ट्रक भने पहिरोको जाममा फसेका छन् । जाममा फसेका ट्रकमा लत्ताकपडा, इलेक्ट्रोनिक, हाइड्रोपावरका उपकरण, स्याउ, लसुनलगायतका सामग्री रहेको पराजुलीले जानकारी दिए ।

अहिलेसम्म चीनतिर १२ सय ट्रक समान अड्किएको छ । अगिल्लो हप्ता भोटेकोशीमा पहिरो गएपछि तातोपानी नाका पुगेका कन्टेनर पनि रसुवानाकातिर फर्काइएका छन् ।


  • 6
    Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *