भाेलिदेखि भारी वर्षा हुने, तटीय क्षेत्रका बासिन्दालाई सर्तक रहन आग्रह

काठमाडौं । मुलुकभर अहिले मनसुनी वायुको प्रभाव रहेकाले धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । मनसुनी न्यून चापीय रेखा नेपालको तराई भूभागदेखि केही दक्षिणतिर रहेको छ । क्रमशः नेपाल नजिक आउने क्रममा रहेकाले आइतबार साँझदेखि भने मौसम थप सक्रिय हुने जनाइएको छ ।

विभागका अनुसार आज देशभर सामान्य बदली रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षा हुने छ । राति भने देशभर सामान्यदेखि पूर्णबदली रहने र धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, वाग्मती, गण्डकी र सुदुरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् प्रतिभा मानन्धरले जानकारी दिइन ।

आगामी २४ घण्टामा देशका धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ केही स्थानमा भारी वर्षा हुने भएकाले सावधानी अपनाउन अनुरोध गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *