कोरोनाका ५७ जना संक्रमित थपिए, १ सय ३ जना डिस्चार्ज

काठमाडौं । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसका ५७ जना संक्रमित थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २७ वटा प्रयोगशालामा ३ हजार ३३१ नमुना परीक्षण गर्दा ५७ जनामा संक्रमण पुष्टी भएको हो । यो सँगै नेपालमा अब कोरोना संक्रमित संख्या १७ हजार पाँच सय २ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिएका छन ।

यस्तै २४ घण्टामा १ सय ३ जना निको भएर घर फर्किएका छन । यो सँगै कोरोनाबाट निको हुनेको संख्या ११ हजार ६ सय ३७ पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *