क्वारेन्टाईनमा बसेका वृद्धको मृत्यु

पर्वत । पर्वतको पैंयुँ गाउँपालिकाको सामुदायिक क्वारेन्टाईनमा बसेका वृद्धको मृत्यु भएको छ । पैंयु गाउँपालिका वडा नं ६ का यामबहादुर भारतीको उपचारका लागि पोखरा लैजादा मृत्यु भएको हो ।

जनसेवा संस्कृत माथि हुवासमा रहेको क्वारेन्टाईनमा बसेका बेला शुक्रबार साँझ अकस्मात ढलेपछि उनलाई उपचारका लागि गण्डकी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लगिएको थियो । अस्पतालमा पुगेपछि उनलाई मृत घोषित गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख डिएसपी बिश्वराज अधिकारीले जानकारी दिए ।

मृतक भारती भारतबाट असार १६ गते कुस्मा आएर कुस्माको पुलिङ क्वारेन्टाईनमा बसेका थिए ।
असार २३ गते कोरोनाको पिसिआर परिक्षणमा नेगेटिभ रिर्पोट आएपछि २४ गते दुई हप्ताका लागि सामुदायिक क्वारेन्टाईनमा राख्न २४ गते हुवास पठाइएको थियो । मृतक पछिल्लो समय रुपन्देहीको खैरेनीमा बसाई गएका थिए । उनी प्रेसरको बिरामी भएको बुझिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *