- 138Shares
काठमाडौं । सीमावर्ती क्षेत्रमा भारतद्वारा निर्मित बाँधका कारण नेपाली भूमि डुबानमा परेको विषयमा नेपालले भारतीय पक्षसँग वार्ता गर्ने भएको छ ।
ऊर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुन अनन्तले शुक्रबार मन्त्रालयका उच्च अधिकारीलाई भेला गरी वार्ता गर्न निर्देशन दिएका हुन् । सीमा क्षेत्रमा बाढी तथा डुबान समस्या समाधानका लागि ‘बाढी तथा डुबान व्यवस्थापन सम्बन्धी नेपाल(भारत संयुक्त समिति (जेसीआईएफएम) को बैठक तत्काल डाँक्नेबारे भारतीय पक्षसँग छलफल गर्न मन्त्री पुनले निर्देशन दिएका छन ।
उक्त समितिमा दुवै देशका सह(सचिव रहने व्यवस्था छ । नेपालका तर्फबाट सिँचाइ विभागका महानिर्देशक मधुकरप्रसाद राजभण्डारीले नेतृत्व गर्नेछन् ।
- 138Shares